सेदीको वाइयुके सुपरमार्केटमा ‘तीजगीत प्रतियोगिता’
पाेखरा | भदौ २, २०७९
पोखरा: पोखराबाट सञ्चालनमा रहेको नीतिप्रेस मिडिया प्रालिले तीजको आवसरमा वाइयुके सुुपरमार्केटमा तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘कला संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नारासहित आगामी भदौ ११ गते ‘वाइयुके सुुपरमार्केट तीजगीत प्रतियोगिता–२०७९’ आयोजना गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रम संयोजक गणेश लम्सालका अनुसार प्रतियोगीताको विजेता समुहले नगद रु ३० हजार प्राप्त गर्नेछ भने उपविजेता समुहले २० हजार हात पार्नेछ ।
यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने समुहले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुुन् १ हजार शुुल्क तोकिएको आयोजक संस्थाका कार्यकारी निर्देशक माधव पोखरेले बताए । उनका अनुसार शिक्षा, पर्यटन तथा कलासंस्कृतिमा तीजगीत प्रतियोगिता सञ्चालन हुनेछ । भने करिब ३० समुहले सहभागिता जनाउनेछ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ७८ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

